चितवनका मीनराज पाैडेलको नेपाल अाइडलको यात्रामा पूर्णविराम, टप १० बाटै बाहिरिए
२६ असोज, काठमाडाैँ । चितवनका मिनराज पाैडेल नेपाल अाइडल सिजन २ काे टप १० बाट घर फर्किएका छन । शुक्रबारको नेपाल अइडलको ‘एलिमिनेशन राउण्ड’ बाट १ प्रतियोगी बाहिरिएपछि अब उत्कृष्ठ ९ प्रतिस्पर्धी बाँकी रहेका छन । मीनराज पाैडेल मिहेनतका साथ गाउँदागाउँदै पनि अचानक स्वरमा अाएको परिवर्तनका कारण नेपाल अाइडलको अागामी यात्रामा अघि बढ्न सकेनन् ।

एपीवान टेलिभिजन र मोबाइल एप्स रेस्पेक्ट एण्ड राइजबाट एक साथ प्रशारण हुने नेपाल आइडलमा बिहिबार राती साढे ८ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म दर्शकले भोटिङ गर्न सक्नेछन् । भोटिङको आधारमा सबैभन्दा कम मत ल्याउने प्रतियोगी हरेक साताको अन्तिम अर्थात शुक्रबारको इपिसोडबाट एलुमिएसनमा पर्नेगरेका छन । यसरी हरेक साताको एपिसोडबाट एक–एक जना एलुमिएसन हुँदै अन्तिम तीन जनाको बीच ग्राण्ड फिनाले भई नेपाल आइडलको चयन हुनेछ । अब जुन प्रतियोगीले भोटिङमा बढी लगानी गर्छ उही छानिदैँ जाने चान्स बढी हुन्छ ।
यी हुन उत्कृष्ट ९ प्रतियोगी
अमित बराल, अस्मिता अधिकारी, विवेक बराल, कृष्ण कँडेल, निलिमा थापा मगर, रवि ओड, पवन गिरी, सुविन सिंह र सुमित पाठक ।
प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार २१:५९












