दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अस्पताल बन्ने
२६ असोज,लमही । सङ्घीय संसदका सभामुख कृष्णबहादुर महराले दाङको बङ्गलाचुली गाउँपालिकामा १५ श्ययाको अस्पताल बन्ने बताउनुभएको छ । दाङको पहाडी क्षेत्रमा रहेको बङ्गलाचुली गाउँपालिकाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अस्पताल बनाउनका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “उक्त अस्पताल निर्माण भएपछि गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि घण्टौ हिडेर सदरमुकाम पुग्नुपर्दैन । सबै गाउँपालिकामा १५ श्ययाको सरकारी अस्पताल निर्माण गर्ने नीति अनुरुप देश भरी मै पहिलो दाङको बङ्गलाचुलीमा उक्त अस्पताल सञ्चालनमा आउने गरी पहल थालेको उहाँले बताउनुभयो ।
उहाँले बङ्गलाचुली जडिबुटी उत्पादनको पकेट क्षेत्र भएकाले यहाँ उत्पादित जडिबुटीलाई प्रशोधन गरी औषधी बनाउन सकिने बताउनुभयो । प्रसोधन केन्द्र स्थापनाका लागि पहल थाल्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार २०:२४












