१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नेपालको ६९ वर्षको हवाइ इतिहासमा ८५ वटा विमान दुर्घटना पहिलो मानवीय क्षति


२९ फागुन, काठमाडौं । नेपालको ६९ वर्षको हवाइ इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् र त्रिभुवन विमानस्थलमै ठूलो मानवीय क्षति हुने गरी भएको यो पहिलो दुर्घटना हो ।


युएस बंगला विमान दुर्घटनामा परेसँगै नेपालमा दुर्घटना हुने अन्तर्रा्ष्ट्रिय विमानको संख्या ८ पुगेको छ ।नेपालमा दर्ता भएका बिमान समेत जोड्ने हो भने आइतबारको यो दुर्घटना ८५ औं हो ।

नेपालमा अन्तरराष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३५९ जनाको ज्यान गएको छ । युएस बंगला विमान दुर्घटना पर्नुअघि ३११ जनाले ज्यान गुमाएका थिए । नेपाली आकाशमा अहिलेसम्म ६५५ जनाले ज्यान गुमाएका छन् । आन्तरिक उडानका जहाज दुर्घटनामा परेर २९६ जनाको ज्यान गुएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार ०९:४९