सिन्धुलीबाट काठमाडौँ अाउँदै गरेको बस सुनकोशीमा खस्यो, १ काे मृत्यु ४ गम्भीर घाइते
२६ असोज, काठमाडाैँ । सिन्धुलीबाट काठमाडौँ अाउँदै गरेको बस सुनकोशीमा खसेको छ । सिन्धुलीको मुलकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ । बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । गम्भीर घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
(यसअघि भुलवस नुवाकोट बस दुर्घटनाको तस्बीर परेकाले सच्याइएको छ ।–सम्पादक)
प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार १३:४०












