७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

१९.११ अंकले घट्यो नेप्से, ९५ करोड ४३ लाखकाे काराेबार

१७ वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.११ अकंले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ । आज २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच हुदाँ ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको कारोबार भएको छ ।

आज २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १५:२०