५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’

१७ वैशाख, काठमाडाैं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ (नेसनल आईसीटी डे २०२३)का अवसरमा ग्राहकका लागि आईसीटी डे अफर ल्याएको छ।

यो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो। यो अफर आज वैशाख १७ गतेदेखि प्रारम्भ भएको छ भने वैशाख १९ गतेसम्म लागू हुनेछ।

यस अफरअन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

यसैगरी डाटा प्याकेजअन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ यही वैशाख १९ गते मनाइँदैछ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १२:४३