२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नुवाकोटमा यात्रुबाहक बस दुर्घटना, २ जनाको मृत्यु ३० भन्दा बढी घाइते, थोत्रो बसले समस्या

२६ असोज, नुवाकोट । नुवाकोटको लब्धुमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा परेको हो । अहिलेसम्म घटनास्थलमा २ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शील बताएका छन ।

स्थानीयले उद्धारको काम गरिरहेका छन । दुर्घटनाको खबरपछि प्रहरी घटनास्थल पुग्दैछ । पछिल्लो पटक थोत्राबसहरू चल्दा हरेका वर्ष दशैँ र तिहारको मुखमा नुवाकोटमा यात्रुबाहक बसको दुर्घटना बढीरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार ११:०५