८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जरको लागि धितोपत्र बोर्डको अन्तिम स्वीकृति

१३ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ ।

दुई कम्पनीको वैशाख ३ गतेको पत्रानुसार सेबोनले संगठित संस्था गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि निवेदन दिएबमोजिम यी दुई कम्पनीलाई एकआपसमा मर्ज गर्न अन्तिम सहमति प्रदान गरेको हो ।

बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफा (४) बमोजिम यी दुई कम्पनीलाई मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको हो । यी दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १३:५७