४ वर्षीय बालिकालार्इ बलात्कारको प्रयास गर्ने पोखराका सुजन श्रेष्ठ प्रहरी खोरमा
२५ असोज, कास्की । गण्डकी प्रदेशको राजधानी कास्की जिल्लाको पोखरा याम्दीमा ४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने याम्दीकै २५ वर्षीय सुजन श्रेष्ठलाई प्रहरीले विहीबार पक्राउ गरेको छ । श्रेष्ठले मंगलबार बालिकालाई ललाइ फकाई एकान्तमा लगेर अस्वभाविक क्रियाकलाप गरेको पीडित बालिकाले बुधबार राति आमालाइ बताएपछि घटना बाहिर आएको हो ।
युवकले बुधबार पनि बालिकालाई फकाउने प्रयास गरेको तर बालिकाको आमाले थाहा पाएपछि बालिकालाई त्यस युवकसँग जानबाट रोकेकी थिइन् । श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा छन् भने बलात्कारको प्रयास गरेको स्वीकार गरिसकेको कास्की प्रहरीले जनाएको छ ।
बालिकाको बलात्कार भएको हो या बलात्कारको प्रयास मात्रै गरेको हो बालिकाको स्वास्थ्य परीक्षण गरेपछि मात्र भन्न सकिने प्रहरीले बताएको स्थानीय मधुकर पराजुलीले जानकारी दिनुभएको छ । पीडित बालिकाको परिवार लामो समयदेखि याम्दीमा भाडामा बस्दै आएका छन् भने आरोपी युवक त्यहाँकै स्थानिय बासिन्दा हुन् ।
प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार २३:००












