५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

गाँजा ओसारपसार गर्ने दुइ यूवक पक्राउ

२८ फागुन, धादिङ । धादिङमा गाँजा ओसारपसार गरिरहेका अवस्थामा दुइ जना यूवक पक्राउ परेकाछन् । बेनीघाट रोराङ गाउँपालिकाको जोगीमाराबाट मोटरसाइकलसहित आज दुई जना पक्राउ परेकाहुन् ।

बोरामा राखेर मोटरसाइकलमार्फत चितवनतर्फ लैजाँदै गरेका अवस्थामा १० किलो गाँजासहित दुई मोटरसाइकलका साथ दुई युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । पक्रउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–३ का सुनित शिल्पकार र सोही स्थानका पवनमणि लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुले गाँजा बोक्न प्रयोग गरेको ना ५४ प ६४५ नं को स्कुटर र ग ६ प ९४३१ नं को मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १९:३३