९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

छुट्ला है ! ११० रुपैयाँमा कुमारी बैंककाे सेयर किन्ने आज अन्तिम दिन

११ वैशाख, काठमाडाैं । कुमारी बैंकले बिक्रीमा ल्याएकाे संस्थापक सेयरमा भर्ने आज वैशाख ११ गते अन्तिम दिन रहेकाे छ । बैंकले वैशाख ५ गतेदेखि बिक्रीमा ल्याएकाे ७२ हजार ६४४ कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र अन्य संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि बिक्री प्रबन्धक सानिमा क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १०:४९