२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

काठमाडाैँमै फेरि १५ वर्षीय बालिका अाफ्नै दाजुबाट बलात्कृत, बच्चा जन्मिएपछि खुल्यो रहस्य

२५ असोज, काठमाडाैँ ।  काठमाडाैँको बालाजुमा एक १५ वर्षीय बालिका बलात्कृत भएको खुलासा भएको छ । बालिकाले अस्पतालमा गएर बच्चा जन्माएपछि उनी बलात्कृत भएको खुलासा भएको हो । छोरी गर्भती भएको अाफ्नै अामाले समेत थाहा नपाएको तर बच्चा जन्माएपछि अाश्चर्यचकित भएकी छिन । बुधवार राति करिब साढे ११ बजेतिर पेटमा असह्य पीडा भएको भन्दै दुई युवाले १५ वर्षीया किशोरी नमिता (नाम परिवर्तन) लाई पिपुल्स अस्पताल नयाँ बजारमा ल्याएपछि घटनाको खुलासा भएको हो ।

पेट धेरै दुखेको भनेपछि चिकित्सकले ग्यास्ट्रिक होला भनेर सामान्य जाँच गरे । त्यही अनुसार उपचार पनि सुरु गरे । सोही क्रममा ती किशोरी पिसाब लागेको भन्दै शौचालय गइन् । शौचालयबाट फर्कँदा उनको लुगामा रगत देखेपछि ड्यूटीमा रहेका चिकित्सकले वरिष्ठ डाक्टरलाई जानकारी गराए । त्यसपछि मात्र चिकित्सकले उनी गर्भवति भएको हुनसक्ने अनुमान गरे । तर, नमिताले त्यसलाई अस्वीकार गरिन । चिकित्सकले उनलाई पछिल्लो पटक महिनावारी कहिले भएको भनी प्रश्न गर्दा सुरुमा त उनले नियमित भएको जवाफ दिइन् । तर, चिकित्सकले हप्काएपछि नमिताले सबै कुरा भनिन् ।

उनको पछिल्लो महिनावारी गतसाल २५ माघमा भएको रहेछ । त्यसयता उनको मासिक चक्र नभएको थाहा पाएसँगै चिकित्सकले उनको गर्भ परीक्षण गरेको हाम्रोडक्टरन्युजमा मधुसुदन ढकालले लेखेका छन । परीक्षणमा गर्भ रहेको देखिएसँगै चिकित्सक थप सशंकित भए । जब आमालाई बोलाइयो त्यसपछी डाक्टरले कसरी गर्भ रहेको भन्ने प्रश्न गरेपछि किशोरी नमितामा छटपटी देखियो । उनी हतास देखिएसँगै चिकित्सकले उनको आमालाई बोलाउन लगाए । सुरुमा त आमाले पनि छोरी गर्भवति भएको कुरा पत्याइनन् ।

आफ्नी छोरी बिहान स्कुल जाने र बेलुका ६ बजे घर आइपुग्ने भन्दै त्यस्तो गलत प्रकृतिको नभएको भनिरहिन् । एकातिर प्रेग्नेन्सी पोजेटिभ आउनु सँगै किशोरीको पेट छाम्दा बच्चा भएको जस्तो बनावट पाएको कुरा भन्दा पनि आमाले पत्याइनन् । र आफ्नो छोरी त्यस्तो नभएको जिकिर गरिरहिन् । डाक्टर र किशोरीकी आमाबीच छलफल चलिरहेकै बेला नमिता एकदमै पेट दुखेका भन्दै चिच्याउन थालिन् । त्यसपछी चिकित्सक र नर्सको टिमले लुगा खोलेर हेर्दा किशोरी सुत्केरी हुनै लागिसकेकी थिइन् ।

यो दृश्य देखेपछि भने किशोरीकी आमा छाँगोबाट खसेझैं भइन् । छोरीको छट्पटी आमामा सर्यो । नमिताले १ दशमलब ३ केजीको मृत शिशु (छोरी) जन्माइन् । यसपछि किशोरीले प्रष्टसँग मुख खोलिन् र बेलिविस्तार लगाइन् । नातामा दाई पर्नेद्वारा बलात्कार सुत्केरी भइसकेपछि नमिताले अस्पताल ल्याउने दाइले गाउँ जाँदा कक्षा ६ मा पढ्दादेखि नै (१२ वर्ष) देखि नै बलात्कार गर्दै आएको बताइन । अहिले १५ वर्ष पुगेकी नमिताका बुबाआमा सामान्य मजदुरी गर्छन । आमाबुबा नभएको बेलामा दाई आएर कोठामै बलात्कार गर्ने गरेको उनले सुनाइन् । बच्चा किन मरेको जन्मियो भन्ने विषयमा डाक्टरले दुई अनुमान गरेका छन् । कि त आमाको उमेर नपुग्दा वा कुनै औषधि खुवाइएको कारण मृत्यु भएको हुनसक्छ ।

आपराधिक प्रकृतिको घटना भएको थाहा पाएलगत्तै चिकित्सकले सोह्रखुट्टे प्रहरीलाई खबर गरेको थियो । प्रहरीले केही अभियुक्तहरुलाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतमकुमार केसीले गम्भीर घटना भएकोले अनुुुसन्धान जारी रहेको र अभियुक्तहरुका बारेलमा अहिले नै भन्न नसक्ने बताए । यद्यपि, पीडितको बयानका आधारमा केही व्यक्ति पक्राउ गरेको उनको भनाइ छ । ‘हामी यो घटनाको सत्थतथ्य नजिक पुगेका छौं ।’ उनले भने, ‘अनुसन्धान भइरहेकाले अहिले केही नभनौं, अपराधी उम्कन सक्दैन । छिटै यो घटनाका बारेमा थप थाहा पाउनुहुनेछ ।’

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार २१:२९