१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

पर्यटन मन्त्रीप्रति माधव नेपालको अाक्रोशः ‘पैसा खान वनेपामा विमानस्थल बनाउन खोजियो’

२५ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको विकल्पमा बनेपामा विमानस्थल बनाउन खोजिनु पैसा कमाउने मेसोमात्र भएको बताएका छन । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बिहिबारको छलफलमा नेता नेपालले बनेपामा विमानस्थल आवश्यक नरहेको बताए ।

खुलेर बनेपाका बनाउन खोजेको विमानस्थलको बिरोधमा देखिएका नेपालले  भने ‘अब काठमाडौंको विकल्पमा बनेपामा अध्ययन हुँदैछ भन्ने सुन्दैछु,’उनले भने, ‘त्यो गलत छ । त्यो बन्द गर्नुर्पर्छ।’ पैसा राख्ने विज्ञलाई बोलाउने अनि पैसा खाने मेसोको रुपमा वनेपामा विकल्प खोजिएको उनको आरोप छ । ‘कुन चाँही मन्त्री आयो । उसले आफ्नो जिल्लामा विमानस्थल बनाउनुपर्छ भन्छ । त्यसैको अध्ययन सुरु हुन्छ,’ नेता नेपालले प्रश्न गरे, त्यो संभव छ ? उदयपुरमा सम्भव छ ?’ उनले नामै नलिए पनि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारलार्इ यो कुरा भनेको हो भन्नेमा कुनै शंका छैन ।

वनेपामा विमानस्थल बनाउने भन्दै रविन्द्रले नै अध्ययनको काम अघि बढाएका हुन । आन्तरिक विमानस्थल विस्तार गर्ने योजनाअनुसार काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माणको प्रक्रिया सुरु भइसकेको अवस्थामा सत्तारुढ दलका वरिष्ठ नेता नेपालले नै अाक्रोशित भएर बिरोध गरेपछि अन्य सदस्यहरू छक्क परेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार २०:२३