८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेप्सेमा ६ बीमा कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

१० वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ वटा निर्जीवन बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बीमा कम्पनीले  गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएकाे हाे । नेप्सेमा युनाइटेड इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

१) युनाइटेड इन्स्योरेन्स

नेप्सेमा युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत बाेनस वापतकाे ५ लाख १४ हजार ८० कित्ता सेयर सूचीकृत भएको हो ।

२) आइएमई जनरल

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको  ६ प्रतिशत बाेनस वापतकाे १० लाख २० हजार ९९० कित्ता सेयर सूचीकृत भएको हो ।

३) नेको इन्स्योरेन्स

नेप्सेमा नेको इन्स्योरेन्सको १५ प्रतिशत बाेनस वापतकाे २६ लाख २४ हजार ८१८ कित्ता सेयर सूचीकृत भएको हो ।

४) शिखर इन्स्योरेन्स

नेप्सेमा शिखर इन्स्योरेन्सको १६ प्रतिशत बाेनस वापतकाे ३६ लाख ८८ हजार ६६० कित्ता सेयर सूचीकृत भएको हो ।

५) नेपाल इन्स्योरेन्स

नेप्सेमा नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बाेनस वापतकाे ११ लाख ५७ हजार ६९६ कित्ता सेयर  सूचीकृत भएको हो ।

६) सिद्धार्थ इन्स्योरेन्स

नेप्सेमा साविक सिद्धार्थ इन्स्योरेन्सको ९ प्रतिशत बाेनस वापतकाे ११ लाख ५९ हजार २०० कित्ता सेयर  सूचीकृत भएको हो ।

यी कम्पनीहरुको बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १४:४४