२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मालपोत जस्तै बन्यो शिक्षा कार्यालय, पर्साका जिल्ला शिक्षा अधिकारी घुससहित पक्राउ

२५ असोज, काठमाडाैँ । जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय इकाइ भ्रष्टाचार गर्न र घुस खान मालपोत कार्यालय जस्तै बनेको छ । अख्तियार दुरूपयोग अनुसन्धान अयोगको सक्रियतापछि शिक्षाका अधिकारीहरू धमाधम घुससहित पक्राउ परिरहेका छन ।

बिहीबार वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले ४० हजार घुस रकमसहित साहलाई पक्राउ गरेको हो ।

साहलाई अख्तियारले वीरगञ्ज-१४ चिनीमिल स्थित क्वार्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार २०:०३