१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

वामदेव प्रकरणले नेकपाको प्रतिष्ठामा गम्भीर धक्काः महासचिव पाैडेल

२५ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासिचव विष्णु पाैडेलले पार्टीका नेता वामदेव गाैतमको प्रकरणका कारण पार्टीको प्रतिष्ठामा धक्का लागेको बताएका छन । महासचिव पाैडेललले अनलाइनखबरकर्मी मात्रिका पौडेलसँग अन्तर्वार्ता दिँदै जनस्तरमा गौतम र रामवीरको तीव्र आलोचना भइरहेको र यो प्रकरणले वामदेव र रामवीरको मात्र होइन, पार्टीकै प्रतिष्ठामा धक्का लागेको महशुस गरेकाे बताएका छन ।

महासचिव पाैडेलले खासगरि काठमाडौं-७ को प्रसंगसँग जोडिएर आएका प्रतिक्रियाहरु हेर्दा परिस्थिति अनुकल नदेखिएको भन्दै अाफूले वामदेवलाई भेटेर पनि यस विषयमा कुरा गरेको र चुनावमा नजान सल्लाह दिएको बताएका छन । उनले भनेका छन ‘अब चाहीँ उहाँ काठमाडौं ७ मा मात्रै होइन, यो प्रतिनिधिसभाको उपनिर्वाचनमा नै नलड्नु उचित हुन्छ भन्ने लागेको छ मलाई । यो घटनाक्रमले उहाँको प्रतिष्ठामा क्षति पुर्‍याएको छ । पार्टीको प्रतिष्ठालाई पनि क्षति पुर्‍याएको छ ।’

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १५:२६