वाणिज्य बैंकहरुको खराब कर्जा ह्वात्तै बढ्यो, कुन बैंकको खराब कर्जा कति ?
८ वैशाख, काठमाडाैं । चालू आर्थिक वर्षको नौ महिना २१ वटै वाणिज्य बैंकको खराब कर्जा ह्वात्तै बढेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार सबै बैंकको खराब कर्जा बढेको हो । तीन वटा बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा बढी रहेको छ भने १० वटा बैंककाे खराब कर्जा ३ प्रतिशत भन्दा बढी रहेका छन् ।
याे अवधिमा सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको बढेको छ । गत आवको चैत मसान्तमा बैंकको खराब कर्जा ०.९९ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा बढेर ४.५६ प्रतिशत पुगेको छ । त्यस्तै, कृषि विकास बैंकको खराब कर्जा पनि ४.३५ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कृषि बैंकको २.३२ प्रतिशत खराब कर्जा थियो ।
यस्तै नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.०६ प्रतिशत रहेको थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंककाे खराब कर्जा ०.९ प्रतिशत र नेपाल एसविआई बैैंकको खराब कर्जा०.९७ प्रतिशत रहेकाे छ । सिटिजन्स बैंकको ३.९८ प्रतिशत, कुमारी बैंकको ०.९६ प्रतिशतबाट बढेर ३.९७ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई बैंकको खराब कर्जा ३.९६ प्रतिशत, सिद्धार्थ बैंकको खराब कर्जा ३.९५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकको खराब कर्जा ३.९४ प्रतिशत पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.८८ प्रतिशत, नबिल बैंकको ३.८७ प्रतिशत, सनराइज बैंकको ३.६२ प्रतिशत, प्रभु बैंकको ३.४८ प्रतिशत, प्राइम बैंकको खराब कर्जा ३.०६ प्रतिशत पुगेको छ ।
बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार एनएबि बैंकको खराब कर्जा २.९६ प्रतिशत, माछापुच्छ्रे बैंकको खराब कर्जा २.३७ प्रतिशत, सानिमा बैंकको २.२७ प्रतिशत, लक्ष्मी बैंकको १.८२ प्रतिशत खराब कर्जा रहेको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.७० प्रतिशत पुगेको छ ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११:५३