१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

देश टुक्राउँछु भन्ने कांग्रेस सांसद गाैतमबुद्धलार्इ भारतीय बनाउने अभियानमा

२५ असोज, काठमाडाैँ । प्राचीन बुद्ध नगरी कपिलवस्तुबाटै निर्वाचित नेपाली कांग्रेसका एक सांसदले गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागिता जनाएका छन् ।  केही वर्षअघि सिके राउतको अभियानमा समर्थन गर्दै देश टुक्राउने अभिव्यक्ति दिएका सांसद साहले अन्तर्राष्ट्रिय समुदायमा बुद्ध जन्मस्थलबारे भ्रामक प्रचार अभियानमा सहभागिता जनाएका छन । उनी बुद्ध जन्मस्थलबारे भ्रामक प्रचार गरिरहेको भारतले अक्टोबर ८ मा सीमावर्ती सिद्धार्थनगर जिल्लाको पाटनमा आयोजना गरेको कार्यक्रममा विशिष्ट अतिथिका रूमाप सहभागी भएका हुन ।

भारत उत्तर प्रदेश सरकारले बुद्ध भारतको सिद्धार्थनगरमा जन्मिएको बारे आक्रामक प्रचार गरिरहेका बेला कांग्रेससकै सांसद उक्त कार्यक्रमा सहभागी भएका हुन । उत्तर प्रदेश सकारद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ, भाजपा केन्द्रीय सांसद जगदम्बिका पाल तथा नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साह विशिष्ट अतिथि बनेका थिए। शाह आफैँले उक्त कार्यक्रममा सहभागी भएका तस्वीरहरू सामाजिक संजालहरूमा पोस्ट गरेका छन् ।

 भारतमा बुद्ध जन्मिएको प्रचारमा नेपाली सांसदको सहभागिताप्रति कपिलवस्तुबासी भने अाक्रोशित बनेका छन् । साहको विवादित हर्कतप्रति कपिलवस्तुबासीले सामाजिक संजालहरूमा आक्रोश पोखेका छन्। भारत उत्तर प्रदेश सरकारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी हुनेबारे उनले नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा संघीय संसदमा कुनै जानकारी वा अनुमति लिएका छैनन् ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १३:११