कुमारी बैंकको नाफा १ अर्ब ८२ करोड, खुद ब्याज आम्दानी कति ?
७ वैशाख, काठमाडाैं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणअनुसार तेस्रो त्रैमासिकसम्म १ अर्ब ८२ करोड २ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो गत वर्षको सोही अधिको तुलनामा ०.९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड २७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
वित्तीय विवरण अनुसार याे अवधिमा बैंकको वितरणयोग्य नाफा ९९.६६ प्रतिशतले २८ लाख ८६ हजारमा सिमित भएको छ । गत आवको सोही अवधिमा ८७ करोड १६ लाख ७६ हजार रुपैयाँमा रहेको थियो ।
नौ महिनामा बैंकको खुद ब्याज आम्दानी ८४.७५ प्रतिशतले बढेर ७ अर्ब ४७ करोड ७१ लाख १६ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा २७.८२ प्रतिशतले घटेर १ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १२:१०