८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

छुट्ला है ! एक कम्पनीकाे ८.९४७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ वैशाख, काठमाडाैं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख ७ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि वैशाख ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीकाे १५ औँ वार्षिक साधारणसभा वैशाख १८ गते बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीबाट सेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०९:४२