सेयर बजारमा दोहोरो अंकको सुधार, दुई कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट
६ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा हरियाली छाएकाे छ । लगातार गिरावट आएको नेप्से परिसूचक आज भने दाेहाेराे अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२८ बिन्दुमा बन्द भएको छ ।
आज २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको कारोबार भएकोछ । आज कारोबार भएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शन र मैलुङ खोलामा आज पनि सकारात्मक सर्किट लागेको छ। यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १५:१९












