८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘सिद्धार्थ हाम्रो घरकर्जा’ योजना

६ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को सौगात स्वरुप घर खरिद, निर्माण र पुनर्निमाणका लागि विशेष घर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत बैंकले ग्राहकलाई ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्ने बताइएको छ । यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो सात वर्ष सम्मका लागि स्थिर रहने बैंकले जनाएको छ । बैंकले यो योजना सीमित अवधिका लागि मात्र लागु गरेको जानकारी दिएको छ ।

बैंकले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरू ल्याउँदै आएको छ भने यस योजनाले सबै ग्राहकहरूलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १३:५३