चालु आर्थिक वर्षको ८ महिना बैंकहरुको नाफा ५३ अर्ब ६० करोड, कुन बैंकले कति कमाए ?
६ वैशाख, काठमाडाैं । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
४ खर्ब २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजीसहित ६ खर्ब ७२ अर्ब ५६ करोड रुपैयाँ पूँजीकोष रहेका बैंकहरुले ८ महिनाको साे मुनाफा आर्जन गरेका हुन् । फागुन मसान्तसम्म बैंकहरुले ५६ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
याे अवधिमा वाणिज्य बैंकहरुले मात्रै ४८ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । फागुन मसान्तमा वाणिज्य बैंकहरुको ३ खर्ब ६८ अर्ब ५९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी र कुल पूँजीकोष ६ खर्ब १ अर्ब २१ करोड ९० लाख रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले ४७ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ४३ खर्ब १ अर्ब कर्जा लगानी गरेका छन् ।
यो अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएकाे छ। बैंकले याे असधिमा ५ अर्ब ३२ करोड ६१ लाख २० हजार नाफा आर्जन गरेको छ । धेरै नाफा कमाउने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । याे अवधिमा बैंकले ४ अर्ब ३७ करोड २३ लाख ३० हजार नाफा कमाएको छ । त्यस्तै, एनआईसी एशिया बैंकले ४ अर्ब ५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेपाल बैंकले २ अर्ब ११ करोड ५० लाख १० हजार नाफा कमाएकाे छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४९ करोड १२ लाख ९० हजार, स्टयान्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड ८२ लाख ५० हजार, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३६ करोड ८७ लाख ५० हजार, हिमालयन बैंकले १ अर्ब ७८ करोड ४१ लाख २० हजार, नेपाल एसबीआई बैंकले १ अर्ब ६४ करोड ३६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै एभरेष्ट बैंकले २ अर्ब २३ करोड ४७ लाख १० हजार, माछापुच्छ्रे बैंकले १ अर्ब ४२ करोड ५९ लाख ६० हजार, कुमारी बैंकले २ अर्ब ६ करोड १५ लाख ८० हजार रुपैयाँ, लक्ष्मी बैंकले १ अर्ब ३६ करोड ४६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो अवधिमा सिद्धार्थ बैंकले १ अर्ब ५५ करोड ४७ लाख १० हजार, सिटिजन्स र्बैंकले १ अर्ब २५ करोड ९३ लाख ७० हजार, प्राइम बैंकले २ अर्ब ३९ करोड १६ लाख ७० हजार, सनराइज बैंकले १ अर्ब ८ करोड ८४ लाख ६० हजार, एनएमबि बैंकले २ अर्ब ६० करोड र सानिमा बैंकले १ अर्ब ७८ करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । याे अवधिमा सबैभन्दा कम कृषि विकास बैंकले ४१ करोड १२ लाख ९० हजार नाफा कमाएकाे छ ।
आर्थिक वर्षको ८ महिना सकिंदा विकास बैंकहरुले ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ३९ अर्ब ६३ करोड चुक्ता पूँजी र कुल पूँजीकोष ५२ अर्ब ८७ करोड रहेको विकास बैंकहरुले फागुनसम्म करिब ५ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी ४ खर्ब ५७ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् ।
केन्द्रीय बैंकले सार्वजनिक गरेकाे तथ्यांकअनुसार फागुन महिनासम्ममा मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा आर्जन गरेको छ। याे अवधिमा बैंकको खुद नाफा ८७ करोड ३६ लाख रहेको छ ।
यसैगरी याे अवधिमा गरिमा विकास बैंककाे नाफा ६६ करोड ३३ लाख रुपैयाँ रहेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले याे अवधिमा ५५ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। महालक्ष्मी विकास बैंकले ४३ करोड ४३ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ३६ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् । साे अवधिमा कामना सेवा विकास बैंकले ३२ करोड १६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले २८ करोड ६२ लाख रुपैयाँ, ज्योति विकास बैंकले १७ करोड ९८ लाख रुपैयाँ नाफा कमाएकाे छ ।
त्यस्तै, फागुन महिनासम्म मितेरी डेभलपमेन्ट बैंकले ६ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कर्णाली डेभलपमेन्ट बैंकले १ करोड ५१ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ४२ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकले ७६ लाख ३० हजार रुपैयाँ नाफा कमाएकाे छ ।
प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १३:१६












