२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

राष्ट्रपति रामचन्द्र पौडेललाई एयर एक्बुलेन्समार्फत भारत लगियो


६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि बुधवार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । उनलाई बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट सिधै त्रिभुवन विमानस्थल पुर्याइएको हो ।

राष्ट्रपति पौडेलको स्वास्थयमा समस्या आएपछि थप उपचारको लागि श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लागिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मंगलवार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । उनलाई पेटमा संक्रमण देखिएको पोखरेलले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १०:३७