२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

विना सूचना गोदावरी नगरपालिकाले घर भत्काएपछि स्थानीयको विचल्ली


५ वैशाख, काठमाडौं । पुस्तौदेखि बस्दै आएका स्थानीयमाथि गोदावरी नगरपालिकाले असहिष्णु व्यवहार देखाएको भन्दैविरोध भएको छ । गोदावरी नगरपालिकाले सामान्य खबर समेत नगरी एक्कासि पुस्तौदेखि बस्दै आएकी पुतली खड्काको टहरा भत्काएपछि स्थानीय विरोधमा उत्रिएका छन् ।

दुःखी गरीबलाई न्याय दिनुका सट्टा ज्यादति गरेको भन्दै पीडित पक्षले न्यायको गुहार मागेका छन् । पीडित भन्छन् ‘ हाम्रो अन्त बस्ने ठाँउ छैन् । अब कहाँ जाने हो आएर एक्कासि यस्तो गरे वर्षौ देखि कमाएका हौं हामीले यो जग्गा तर एक्कासि यस्तो गरे । बाटो दिन्छु व्यवस्थापन गर्छु भनेर यस्तो गरे । हामी कहाँ जाने अब ?’

विना सूचना एक्कासि गोदावरी नगरपालिकाका कर्मचारी आएर अन्यायपूर्ण रुपले आफ्नो बासस्थान उठाएको भन्दै पीडित राजु थापाले स्थानीयको हीत गर्ने भनिएको पालिकानै अहितमा उत्रिएको गुनासो गरे ।

पीडित राजु थापा भन्छन् ‘ जग्गा धनीले पीडितहरुलाई न्याय दिन्छु भनेका थिए । तर कुनै सूचना नै नगरि एक्कासि आएर यसरी भत्काएर विजोग बनाईदिनु भएको छ । ’ उनीहरु पुस्तौंदेखि यहाँ जग्गा कमाएर बसेका हुन् । यसबारेमा नगरपालिका र जग्गा धनीले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिन चाहेन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १७:०७