२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

अर्थमन्त्री महतसँग राष्ट्रसंघीय प्रतिनिधिहरूको भेट


५ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन)का प्रतिनिधिहरूले भेट गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिस झावना लगायतसँग मन्त्री डा.महतको भेट भएको हो ।

भेटको क्रममा अर्मिदाले नेपालको आर्थिक अवस्थाको बारेमा चासो राखेकी थिइन् । यस्तै डा.महतले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १५:०३