२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

प्रधानमन्त्री प्रचण्डसहितको टोलीद्वारा काठमाडौं–तराई/मधेस दूतमार्गको अवलोकन


५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार काठमाडौं–तराई/मधेश दूतमार्गको निरीक्षण अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले द्रुतमार्गनिर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेरअवलोकन गरेका हुन् ।

द्रुतमार्ग निर्माणको जिम्मा २०७४ सालमा प्रचण्ड नेतृत्वकै तत्कालीनसरकारले नेपाली सेनालाई दिएको थियो । तर हालसम्म द्रुतमार्गको भौतिक प्रगति २२.४४ प्रतिशत मात्र भएको छ । यद्धपि २०८१ को मंसिरसम्म आयोजनाको निर्माण सकिने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

अवलोकनमा प्रधानमन्त्री प्रचण्डको साथमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्था मन्त्री, अर्थ मन्त्री प्रकाशशरण महत,नेपाली सेनाका प्रधान सेनापति प्रभूराम शर्मा सहित सरकारका मुख्य सचिव र सचिवहरु पनि रहेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १४:३४