१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

काठमाडाैँमा तत्काल उपनिर्वाचन भए अात्मघाती हुने पूर्व एमालेको ठहर

२४ असोज, काठमाडाैँ । पूर्व एमालेको काठमाडाैँको सचिवालय बैठकले तत्कालका लागि उपनिर्वाचन भए पार्टीका लागि अात्मघाती हुने ठहर गरेको छ । बुधबार काठमडाैँमा बसेको सचिवालय बैठकले उपनिर्वाचन भए त्यो पार्टीका लागि अात्मघाती हुने ठहर गरेको हो । काठमाडाैँ क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश क र ख का सांसदहरू प्रकाश श्रेष्ठ र बसन्त मानन्धर समेतको उपस्थितिमा भएको बैठकले तत्काल पार्टीको चुनाव भए अात्मघाती हुने भन्दै नेतृत्वको ध्यानाकर्षण भएको जनाएको छ । नेकपाका नेता बामदेव गाैतमका लागि भनेर क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले राजिनामा पार्टीमा बुझाएपछि त्यसको बारेमा समिक्षा गर्न बसेको बैठकले यस्तो समिक्षा गरेको हो ।

बैठकपछि दैनिकीसँग कुरा गर्दै पूर्व एमाले काठमाडाैँ अध्यक्ष एवं काठमाडाैँ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का संसद कृष्णकुमार रार्इले रामवीर मानन्धरलार्इ राजिनामा फिर्ता लिन र पार्टी नेतृत्वलार्इ उपनिर्वाचनमा नजान अाग्रह गर्ने निर्णय भएको जानकारी दिए । उनले भने ‘पहिलो कुरा काठमाडाैँ भित्रै लामो समय संगठन गरिरहेका नेताहरूलार्इ पाखा लगाएर केन्द्रीय नेताको रूपमा ठाउँ खाली गर्न सकिदैन र दोस्रो कुरा रामवीरले केका लागि राजिनामा दिने स्पष्ट हुनुपर्छ । हाम्रो काठमाडाैँको सहसचिव हो उहाँ तर हामीले उहाँले मिडियामा बताएपछि मात्र जानकारी पायाैँ त्यसकारण यस्ता विषयमा पार्टीलार्इ पनि जानकारी हुनुपर्थ्यो । अर्काे कुरा अहिले काठमाडाैँमा नेकपा र सरकारप्रति सकारात्मक धारणा रहेकाे छैन त्यसकारण यस्तो अवथामा अात्मघाती कदम हामीबाट चालिनु हुँदैन भनेर हामीले पार्टी अध्यक्षलार्इ समेत सामूहिक रूपमा जानकारी गराइसकेका छाैँ ।’

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार २०:१९