१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

कामना सेवा विकास बैंकले बाेलायाे साधारणसभा, बुकक्लोज कहिले ?

५ वैशाख, काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा बाेलाएकाे छ । वैशाख ४ गते बसेकाे बैंक सञ्चालक समितिको बैठककाे निर्णयअनुसार बैंककाे सभा वैशाख ३१ गते काठमाडाैंकाे बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीकाे ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत नगद लाभांश गरी कुल ४.६४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै ,सभाले साे आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले वैशाख १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १३:२५