२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित


५ वैशाख, काठमाडाैं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको हाे । सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो ।

बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्नुहुने संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १२:४०