काठमाडाैँ ७ मा बामदेवका लागि बुथ कब्जा हुने प्रचण्डको संकेत
२४ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र नं. ७ बाट वामदेव गौतमलार्इ जित्नेगरीमात्र चुनाव लडाउने बताएका छन । नेकपाका नेता योगेश भट्टरार्इले अायोजना गरेको पाथीभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बामदेव गाैतमलार्इ उपनिर्वाचनमा सहभागी गराउँदा जसरी पनि जित्नेगरीमात्र गराउने बताए । प्रचण्डको स्पष्ट संकेत बुथ कब्जा गर्नेतिर थियो ।
निर्वाचन भनेको जनताको मत व्यक्त हुने फोरम हो तर उक्त निर्वाचनमा जसरी पनि जिताउने गरीमात्र हुन्छ भनेर प्रचण्डले गरेको संकेत डर लाग्दो रहेको थियो । यद्यपी प्रचण्डले वामदेवका लागि सांसद रामवीर मानन्धरले राजीनामा दिने कुरा चलेको तर पार्टीले कुनै निर्णय नगरेको भन्दै अध्यक्ष प्रचण्डले पार्टीले हार्ने गरी चुनाव नहुने स्पष्ट पारे । बर्दिया १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले मंगलबार नै राजीनामा दिने घोषणा गरिसकेका थिए । मानन्धरको राजीनामापछि उपनिर्वाचनमा गाैतमलार्इ उठाउने गरी नेकपाको सचिवालयमै कुरा चलेको थियो ।
प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १८:३३