२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

सिंहदरवारको फोहोर नउठाएको भन्दै बालेन शाहविरुद्ध परेको रिटको आज सुनुवाई हुँदै


५ वैशाख, काठमाडौं । सिंहदरवारभित्र र राष्ट्रपति निवासको फोहर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’को निर्णय विरुद्ध परेको रिट निवेदनमा आज(मंगलवार) सुनवाई हुँदैछ ।

बालेनले गत शनिवार सिंहदरवार र राष्ट्रपति निवासभित्रको फोहर नउठाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । त्यसयता सिंहदरवार र राष्ट्रपति निवासको फोहर उठ्न सकेको छैन । मेयर बालेनको निर्णय विरुद्ध आइतवार सर्बोच्च अदालतमा रिट निवेदन परेको थियो ।

सोही निवदेनको पेशी मंगलवारका लागि तोकिएको छ । अधिवक्ता पदम श्रेष्ठले बालेन विरुद्ध सर्बोच्चमा रिट निवेदन दिएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०९:५८