२२ असार २०८१, शनिबार | Sun Jul 7 2024

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण


४ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर निवास फर्केका छन । स्वास्थ्यमा समस्या देखिएपछि उनकाे उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका  थिए ।

उपचारका क्रममा चिकित्सकहरूले राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागको भिडियो एक्सरे गरी परीक्षण गरेकाे उनको सचिवालयले जनाएको छ ।

उपचारमा सम्लग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १८:३१