६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

४ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.६४ अकंले घटेर १९०८.०४ बिन्दुमा बन्द भएको छ । आज २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ७८ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  । आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ६ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सोमवार आदर्श लघुवित्त, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे  । यस दिन सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १५:१८