मुद्दा रोकिदिन ५ लाख घुस खाने पोखराका सरकारी वकिल सुरेन्द्रबहादुर थापा रंगेहात पक्राउ
२४ असोज, काठमाडाैँ । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्यायाधिवक्ता थापालाई बुधबार बिहान अख्तियार दुरूपोग अनुसन्धान अायोगको टोलीले पक्राउ गरेको हो ।
ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएका हुन । अख्तियारका सूचना अधिकारी रमेश ढकालले दिएका जानकारी अनुसार थापालार्इ हिरासतमा राखेर थप अनुसन्धान भैरहेको छ ।
प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार ११:३१