६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

तपाईंकाे डिम्याट खातामा आयो त एक कम्पनीकाे ८.९७ प्रतिशत बोनस सेयर ?

४ वैशाख, काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्सले बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको छ । इन्स्योरेन्सको गत माघ १० गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित भएको ८.९७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।

साथै माघ १५ गतेसम्म कायम सेयरधनीहरुले सो बोनस सेयर पाउने तथा बोनस सेयरमा लाग्ने कर वापतको रकम सेयरधनीहरु स्वयंले नै तिनुपर्ने छ । कर बापतको रकम कम्पनीको नाममा रहेको प्रभु बैंक लिमिटेडको खाता नं . ०८९००८९९५४१००१२१ (वालिङ शाखामा) जम्मा गरी सो भौचर वा कनेक्ट आइपीएस बाट जम्मा गरी कम्पनीको इमेल [email protected] मा पठाएपश्चात मात्र सेयरधनीको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

साथै बोनस सेयरमा लाग्ने करको विवरण कम्पनीको वेबसाइट कार्यालयको सम्पर्क नं. ०१–९७९४५८, ०१४७९६२२५ मो.नं. ९८५५०७१४२३ तथा कम्पनीको सेयर रजिस्टार प्रभु क्यापिटल लिमिटेडको वेबसाइटमा गई हेर्न सकिनेछ । कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं. पूरा नाम तथा सम्पर्क नं समेत उल्लेख गर्न कम्पनीले अनुराेध गरेकाे छ ।

मंसिर १५ गते सम्म धितो बन्धक राखि कर्जा लिएका सेयरधनीको हकमा सेयरधनी सो बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्नका साथै कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तिय संस्थामा सम्पर्क गरी नो अब्जेक्सन लेटर वा सो बोनस सेयरको रिलिज लेटर प्राप्त भएपश्चात मात्र बोनस सेयर हितग्राही खातमा जम्मा हुने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १२:१५