२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

छिमेकी मुलुकसँग सधँै घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ ः मन्त्री साउद

३ बैशाख, काठमान्डौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन ।

मन्त्रालयमा आज पदभार सम्हाल्दै उहाँले नेपाल शान्तिपूर्ण मुुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका छन । मन्त्री साउदले भने, “हामीले आगामी दिनमा पनि विश्वका सबै देश र छिमेकीसँग सम्बन्ध घनिष्ठ बनाउँदै लैजानेछौँ ।” यसले नेपाल विश्वमा शान्तिपूर्ण र लोकतान्त्रिक मुलुकका रूपमा चिनाउने उन्ले विश्वास व्यक्त गरे ।

आजै मन्त्रीमा नियुक्त उन्लाई यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १७:४९