२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३७७ पुग्याे

वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ६४ जनाको पीसीआर र १ हजार २४० जनाको एन्टीजेन गरि एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १७:१४