२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

म मेयर भएसम्म महानगरवासीकोशीर झुक्न दिन्नः चिरिबाबु महर्जन

३ वैशाख, काठमाडौं । लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नेतृत्व रहेसम्म महानगरवासीको शीर झुक्न नदिने दृढता व्यक्त गरेका छन् ।

आईतबार ललितपुर महानगरपालिका वडा नं १५ को भवन उद्धघाटन समारोहमा मेयर महर्जनले कसैले नेपालमा राम्रो नगरपालिका कुन छ भनेर सोध्दा टप ५ मा ललितपुर नगरपालिका पर्ने गरि मुलुकले गर्व गर्न लायकको महानगर बनाउने बताए।

‘म मेयर भएसम्म तपाईहरुको शीर झुक्न दिन्न । यति भनेपछि यसमा धरै कुरा लुकेको छ । यदि कसैले सबैभन्दा राम्रो नगरपालिका कुन छ भनेर सोध्दा टप ५ मा ललितपुर नगरपालिका पर्छ । ’

महानगरपालिकाको २९ वटा वडामा आ–आफ्नो भवन हुन्छ भनेर गरेको प्रतिवद्धता पूरा गरेको उनको भनाइ छ । आइतबार उद्घाटन गरिएको १९ औं भवन हो । पहिलेका नेतृत्वले बेहाल बनाएको नगरपालिकालाई आफुले सुधारेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १६:३१