२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

भारतबाट चन्द्र भण्डारीको भिडियो सन्देशः चाँडै निको भएर फर्किने छु


१ वैशाख, काठमाडौं । भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले, आफू चाँडै निको भएर स्वदेश फर्किने सन्देश पठाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका उनले आफू चाँडै नै स्वदेश फर्किने थप उपचारमा लाग्ने बताएका छन् ।

भिडियो सन्देशमा उनले भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन। तपाईँहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’ उनले नेपालीको माया र सद्भावका कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताए उनले नयाँ वर्षको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १३:३५