१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

अख्तियार प्रमुखलार्इ मन्त्री अर्यालको अाग्रह, कार्यालय खाली भएर केही हुँदैन गल्ती गर्नेलार्इ कारबाही गर्नुस्

२३ असोज, काठमाडाैँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतको भूमिसुधार र मालपोत कार्यालयमा कार्यरत कर्मचारीलार्इ इमान्दार भएर काम गर्न निर्देशन दिएकी छिन । मंगलबार मालपाेत कार्यालयबाट सरलीकृत फारमकाे सुरुवात गर्दै उनले मतलपोत र भूमिसुधार कार्यालयमा काम गर्ने इमान्दार कर्मचारीले समेत शिर निहुराएर हिड्नुपरेको भन्दै यसको अन्त्य गर्न अाग्रह गरिन ।

अख्तियार दुरूपयोग अनुसन्धान अायोगको नाम नलिइ मन्त्री अर्यालले प्रमुख अायुक्तको भाषणको गज्ज्बको जवाफ दिइन । उनले भनिन् ‘अस्ति एक जना संवैधानिक अायोगको भाषण सुनेको थिए, भूमिसुधार तथा मालपोत कार्यालय खाली भएर केही हुँदैन इमान्दारिता पूर्वक सुशासनका लागि काम गर्नुस हामी सहयाेग गर्छाैँ ।’ उनले सुशासनको जग बसाउनका निम्ति सबैले सहयोग गर्नुपर्ने बताइन ।

केहीदिन अघि संसदीय समितिको बैठकमा प्रमुख अायुक्त घिमिरेले कारबाही गर्ने हो भने देशैभरका मालपोत र भूमिसुधार कार्यालय खाली हुने बताएका थिए । कार्यक्रममा देशका ३४ मालपाेत कार्यालयमा सरलीकृत फारम उपलब्ध अाजैदेखि भएको जानकारी दिइयो । यो फारमले विगतदेखिको मालपोतमा हुने कुनै पनि काम गर्न दलाल अनिवार्य राख्नुपर्ने प्रावधानको अन्त्य भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १४:३५