२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि


३० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसा ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ भने संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेका छन् । आज ७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १५:५१