२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

एफएनसीसीआई निर्वाचनः जो आएपनि सक्षम र कुशल व्यक्ति नेतृत्वमा आउने विश्वास


३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि भएको निर्वाचन दोस्रो चरणमा धकेलिएपछि सहमतिको खोजी थालिएको छ । बुधबार अबेर सम्पन्न मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नतिजा नआएपछि आज पुनः निर्वाचन गरिन लागिएको हो ।

महासंघको विधानमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारले कम्तिमा ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ । पहिलो चरणको मतदानबाट सबैभन्दा धेरै अञ्जन श्रेष्ठले ३७ प्रतिशत, उमेशलाल श्रेष्ठले ३१ प्रतिशत र रामचन्द्र संघईले ३० प्रतिशत मतभार ल्याएका छन् । पहिलो चरणको मतदानबाट संघई बाहिरिएका छन् ।

निर्वाचन दोस्रो चरणमा धेकेलिएपछि सहमति खोज्ने प्रयास हुँदा दिउँसो २ बजेका लागि तोकिएको मतदान कार्यक्रम केही समय पछि धकेलिएको छ । यता मतदाता एवं व्यवसायीहरु भने दोस्रो चरणको निर्वाचनमा जो आएपनि नेतृत्वमा सक्षम व्यक्ति आउने विश्वास व्यक्त गर्छन । व्यवसायीअनिल साहले दोस्रो चरणको मतदानबाट जो आए पनि एउटा सक्षम व्यक्ति र कुशल नेतृत्व आउने बताए ।
उनले नयाँ आउने नेतृत्वले निजी क्षेत्र र उद्योग व्यवसायीहरुकोसमस्या समाधान गरेर व्यापार गर्न सहज वातावरण बनाउनु पर्ने बताए ।

उनले भने, दुवै जना सक्षम व्यक्ति भएकोले प्रतिष्पर्धा हुन्छ तर जो आए पनि एउटा सक्षम व्यक्ति र कुशल नेतृत्व आउनु हुन्छ । ५० प्रतिशतभन्दा बढी ल्याएर नेतृत्व गर्नु भनेको ५० प्रतिशतभन्दा बढीको मतबाट छानिनु हो । यसले सामूहिक नेतृत्व छनोट हुन्छ ।निजी क्षेत्रमा धेरै समस्याहरु छन, उद्योग व्यवसायीहरुको धेरै समस्या छ पहिला उक्त समस्या समाधान गर्नुपर्छ ।

व्याजका समस्या, निर्देशिकाको समस्या समाधान गरेर व्यापार गर्न सहज वातावरण बनाउने काम गर्नुपर्छ र समग्र रुपमा अर्थ व्यवस्थामा योगदान हुन्छ । यस्तै अर्का व्यापारीदिल सुन्दर श्रेष्ठले विधान संशोधनको प्रस्ताव अगाडि बढाउने र जिल्लाप्रतिको समस्या सरकारसम्म पुर्याउने विषयलाई ध्यान दिनुपर्ने बताए ।

अहिले केही भन्न सकिदैन् मतहरु तलमाथि हुन्सक्छ । हामीले प्रत्यक्ष निर्वाचित अध्यक्ष छान्न पायो भने सजिलो हुन्छ । विधान संशोधनको प्रस्ताव अगाडि बढोस जिल्लाप्रतिको समस्या सरकार सम्म पु¥याउनु पर्ने विषयलाई ध्यान नदिएको देखिन्छ त्यो विषयलाई सम्बोधन गर्नुपर्ने आशा गरेको छु ।

यस्तै, अञ्जनको प्यानलबाट वस्तुगत सदस्य पदमा विजयीशोभा ज्ञवालीले आफ्नो कार्यकालमा महिलाहरुको साना तथा मझौला व्यवसायलाई अगाडि लाने र निर्यातको अवस्थालाई सुधार गरेर देशको आर्थिक अवस्थालाई सुधार गर्न प्रयास गर्ने बताईन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १५:४६