१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाले कात्तिक १० गते भृकुटीमण्डपमा चियापान गर्ने, निमन्त्रणामा अोली र प्रचण्डको हस्ताक्षर

२३ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले बडा दशैं, तिहार, छठ, नेपाल सम्वतका अवसरमा चियापान गर्ने भएको छ । कात्तिक १० गते भृकुटिमण्डपमा नेकपाले चियापान गर्न लागेको हो । पार्टी एकताभएपछि नेकपाको यो पहिलो चियापान समेत हो । यसअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले छुट्टा छुट्टै चियापान कार्यक्रम आयोजना गर्ने गर्दथे ।

चियापानमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेर निमन्त्रण पठाइने भएको छ । चियापानमा कोही नछुटुन, सबैको हातमा कार्ड पुग्ने गरी निमन्त्रणा पठाइने महासचिव विष्णु पौडेलले जानकारी दिए । चियापानमा विहान १२ बजेदेखि ३ बजेसम्म सर्वसाधारण, पार्टी नेता तथा कार्यकर्ता एंव ३ बजेदेखि ५ बजेसम्म विशिष्ट पाहुनाका लागि निमन्त्रणा पठाइएको छ ।

चियापानमा राष्ट्रपति, उपराष्ट्रपति, संबैधानिक निकायका प्रमुखहरु, सबै दलका नेता, कुटनीतिक नियोगका प्रमुख लगायत सम्पूर्णलाई निमन्त्रणा गरिएको महासचिव पौडेलले जानकारी दिए । उनका अनुसार भृकुटिमण्डपका सम्पूर्ण स्थान चियापानका लागि कात्तिक ९ र १० गते बुकिङ गरिसकेको बताए । महासचिव पौडेलले कसैको हातमा निमन्त्रण नपुगे यसै समाचारलाई निमन्त्रणा मानेर चियापानमा आउन आव्हान समेत गरे ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १४:०४