२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

महासंघको वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिए रामचन्द्र, अब उमेश र अन्जन भिड्ने


३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत प्राप्त गरे । त्यस्तै उमेशलाल श्रेष्ठले ३१.५१ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत प्राप्त गरे ।

महासंघको विधानअनुसार एसोसिएटतर्फको मतको भार ३० प्रतिशत हुन्छ भने जिल्ला नगरतर्फको मत भार ५० प्रतिशत र वस्तुगततर्फको मतभार २० प्रतिशत रहने गर्छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १२:०१