२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने


३० चैत, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन दोस्रो चरणमा पुगेको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा थिए । ५० प्रतिशत मत कसैले पनि नल्याएपछि दाेस्राे चरणकाे मतदान हुने भएको हो ।

दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई जना बिच प्रतिस्पर्धामा हुने छ । महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिस्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत  ल्याउन नसकेकाे निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ११:५२