२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

बरिष्ठ उपाध्यक्ष एसोसियटतर्फ मतगणना सकियो, ६१३ मतसहित संघई शीर्षस्थानमा


३० चैत, काठमाडाैं ।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसियट तर्फको मतगणना सकिएको छ । कुल मतगणना भइसक्दा रामचन्द्र संघईले ६१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठ रहेका छन् । श्रेष्ठले ५७३ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ४२६ मत प्राप्त गरेका छन् ।

यो सँगै बरिष्ठ उपाध्यक्ष एसोसियट तर्फ तीनै उम्म्दुवार बीच कडा प्रतिस्पर्धा भएको छ । एसोसियट तर्फ १६३० मत खसेकोमा केही मत बदर भएको थियो भने केही मतपत्र नै खाली रहेको थियाे ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ११:३०