हिमालयन एभरेष्ट इन्स्योरेन्सले चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर दिने
२९ चैत, काठमाडाैँ । चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा सोमबार सम्पन्न साधारण सभाले सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापुँजीको २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
यसका साथै सभामा बोनस शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै बोनस शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुँजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ ।
साधारण सभामा बोल्दै, इन्स्योरेन्सका कार्यकारी निर्देशक विजय बहादुर शाहले विमा समितिलाई पनि अधिकार सम्पन्न विमा प्राधिकरणमा रुपान्तरण गरिएकोले आफूहरु उत्साहित भएको बताए । उनले भने ‘त्यही भएर हामीले पटकपटक भनिरहेका छौं । यो क्षेत्र एकदमै उत्साहपुर्वक छ । र आगामी दिनहरु एकदमै आर्जन गर्न लायक छन् । नाफा नोक्सान वा अवधि समाप्त नभईकन यति नै हुन्छ भनेर भन्न सकिन्न र विमाको व्यवसायमा त अझ यो अनिस्चित हुन्छ ।’
सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने गरी अजय रत्न स्थापित र हेम राज थापालाई संचालकमा निर्वाचित गरेको छ । त्यस्तै संस्थापक शेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे निर्वाचित भएका छन्।
प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार २१:३८