२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

देशैभरका मालपाेत कार्यालय दलाल मुक्त, ललितपुरबाट मन्त्री अर्यालले गरिन सरलीकृत फारमकाे शुभारम्भ

२३ असाेज, काठमाडाैँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालकाे पहलमा अाजदेखि देशैभरका मलपाेत तथा भूमिसुधार कार्यालयलाई विचाैलियामुक्त बनाईएकाे छ ।

मन्त्रालयकाे नेतृत्व सम्हालेदेखि नै सुधारका निम्ति काम गर्दै अाएकी मन्त्री अर्यालले मंगलबार बिहान ललितपुरकाे मालपाेत कार्यालयबाट सरलीकृत फारमकाे सुरुवात गर्दै विचाैलियामुक्त गरिन । यसअघि मालाेपाेतमा काम लिन जाने सेवाग्राहीले अनिवार्य रुपमा विचाैलियाकाे सहारा लिनुपर्ने थियाे । मन्त्री अर्यालले सुरुवात गरेकाे फारम सेवाग्राही अाफैँले भर्न सक्नेछन । याे सेवा अाजैदेखि देशका ३४ मालपाेत कार्यालयमा उपलबध भएकाे छ । अन्य मालपाेत कार्यालयहरुमा पनि केही समयभित्रै सरलीकृत सेवा उपलब्ध हुने मन्त्री अर्यालले बताईन ।

यस्ताे छ फारम

 

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १०:१९