८ चैत्र २०८२, आईतवार | Mon Mar 23 2026

कुमारी बैंकको २ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२८ चैत, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयरहरु बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनीहरु राजनप्रसाद अमात्यको नाममा रहेको २ लाख कित्ता र टिकाराम सापकोटाको नाममा रहेको ३ हजार ८७ कित्ता गरी कुल २ लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

साे सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय वा कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन पेस गर्न सक्नेछन्। तोकिएको समय अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार ११:५६